पहिले ‘बोल्ड सिन’, पछि बिहे

पहिले ‘बोल्ड सिन’, पछि बिहे

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विशाल खरेलसँग इन्गेजमेन्ट गरेकी छन् । साम्राज्ञीले केही दिनअघि आफ्नो जन्मदिनको अवसरमा एक युवकसँगको फोटो सार्वजनिक गरेकी थिइन् । उक्त तस्वीरमा उनले ‘एस प्लस बी’ लेखे पनि युवकको पहिचान खुलाएकी थिइनन् । 

बताइएअनुसार विशाल हाल अमेरिकामा व्यवसाय गर्दै आएका छन् । गत वर्ष थाइल्याण्डमा दुई वटा म्युजिक भिडियो छायाँकन गर्दा साम्राज्ञी र विशालको भेट भएको बताइन्छ । त्यसपछि प्रेम सम्बन्ध सुरु भएको निकटस्थहरु बताउँछन् । 

‘हारेँ हारेँ’ र ‘मालती’ बोलका गीतमा दुवैले बोल्ड सिन शेयर गरेको देखिन्छ । ‘प्रेम दिवस’ नामक चलचित्रमा समेत काम गरेका विशाल र साम्राज्ञीलाई नजिक ल्याउने काम भने निर्देशक सञ्जय न्यौपानेले गरेका हुन् । उनीहरु चाँडै बिहे गर्ने तयारीमा रहेको बताइन्छ ।
 

टिप्पणीहरू