लामाे लिभिङ टुगेदरपछि हिराेइनकाे ‘इन्ट्री’, साैताकाे झमेलामा साम्राज्ञी
युवा पुस्ताकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको इन्गेजमेन्ट विवाद अझै सेलाएको छैन । । मंसिर २ गते उनले आफ्नो जन्मदिनमा इन्गेजमेन्टका केही तस्वीर सार्वजनिक गरेयता एकपछि अर्को ट्वीस्ट खुलिरहेको छ ।
सुरुमा प्रेमीको पहिचान लुकाएर साम्राज्ञीले ‘एस प्लस बी’ अक्षरअंकित कार्ड मात्र देखाएकी थिइन् । तर वास्तविकता खुल्न धेरै समय लाग्दैन भनेझैँ केही दिनमै ती युवक विशाल खरेल रहेको र उनको दुई वर्षको छोरा समेत रहेको तथ्य खुलिसकेको छ ।
यसैबीच विशालको सौता बनेको आलोचना खेपिरहेका साम्राज्ञीले अर्को नयाँ कुरा खुलाएकी छन् । उनले इन्स्टाग्राममार्फत् विशालको छोरो भए पनि कहिल्यै विहे नगरेको जानकारी दिएकी हुन् । साम्राज्ञीकै कारण विशालले श्रीमती (सरिता सुब्बा)सँग डिभोर्स गरेको भन्ने टिकाटिप्पणी हुन थालेपछि उनले मुख खोलेकी हुन् ।
साम्राज्ञीका अनुसार विशालले सरितासँग १५ वर्षदेखि लिभिङ टुगेदरमा थिए । सोही क्रममा छोरा जन्मिएको, तर उनीहरुले कहिल्यै बिहे नगरेको साम्राज्ञीको दावी छ ।
‘उसले मलाई पहिल्यै भनेको थियो कि एक्स गर्लफ्रेण्डबाट मेरो एउटा छोरा छ, तर बिहे भएको होइन’, उनले भनेकी छन्, ‘उनीहरु (विशाल र सरिता)ले कहिल्यै बिहे नै गरेका थिएनन् भने अहिले मेरो कारण डिभोर्स भयो भन्ने कुरा कहाँबाट आयो ?’
सरिताले पैसाको लागि आफू र विशाललाई लगातार ब्ल्याकमेल गर्दै आएको पनि साम्राज्ञीको आरोप छ । उनले अघि थपेकी छन्, ‘उनले (सरिता) पैसाको लागि मलाई धेरै ब्ल्यामेल गरिन्, अहिले पनि विशाललाई ब्ल्याकमेल गरिरहेकी छन् ।’
उता, सरिताले भने विशालको जीवनमा साम्राज्ञी प्रवेश गरेपछि सम्बन्धमा तिक्तता आएको बताएकी छन् । उनले टिकटकमा एक भिडियो सार्वजनिक गर्दै पछिल्लो कन्ट्रोभसर्सीबारे स्पष्ट पारेकी हुन् ।
म्युजिक भिडियो छायाँकनको लागि गत वर्ष थाइल्याण्ड पुगेका विशाल र साम्राज्ञीले त्यहाँ बेड शेयर गरेको जानकारी पाएपछि आफूमाथि धोका भइरहेको थाहा पाएको सरिताको भनाई छ । ‘उनीहरुले बेड शेयर गरेको मैले अरुकै मुखबाट थाहा पाएँ, मैले पनि विशाललाई सोध्दा हो भन्यो, उनीहरुले आफ्नो छुट्टै परिवार बनाउने योजना बनाइसकेका रहेछन्’, सरिताले भनेकी छन् ।
टिप्पणीहरू