दुई एनआरएनएबीच एकता गर्ने सहमति

दुई एनआरएनएबीच एकता गर्ने सहमति

गैर आवासीय नेपाली संघ (एनआरएनए)मा झण्डै तीन वर्षदेखि चल्दै आएको अन्तरकलह टुंगो लाग्ने भएको छ । 

एनआरएनएको आधिकारिकता दाबी गर्दै आएको महेशकुमार श्रेष्ठ र बद्री केसी नेतृत्वको समूहबीच मिलेर जाने सहमति भएको हो । आगामी आइतबार प्रधानमन्त्री सुशीला कार्कीको विशेष उपस्थितिमा एकता घोषणा गर्ने कार्यक्रम छ । 

आगामी अप्रिल १७ सम्म संघको १२औँ एकता महाधिवेशन गर्नेगरी भएको १० बुँदे सहमति पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । एकता घोषणा कार्यक्रमको लागि विभिन्न देशमा रहेका दुबैतिरका पदाधिकारी काठमाडौँ आइसकेका छन् । 

सन् २०२३ अक्टोबर १७–२० मा सम्पन्न एघारौं महाधिवेशनबाट निर्वाचित केसी नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने तथा पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिद्वारा २०२५ मे ३–४ मा आयोजित एकता महाधिवेशनबाट निर्वाचित श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई समेत स्वीकार गर्ने सहमति भएको छ ।
 

टिप्पणीहरू