बाख्रालाई कुँडो पकाउँदा घरै दन्दनी

बाख्रालाई कुँडो पकाउँदा घरै दन्दनी

मकवानपुरमा बाख्रालाई कुँडो पकाउने क्रममा एक घरमा आगलागी भएको छ ।

भीमफेदी गाउँपालिका–९ अघोर महावीरडाँडास्थित स्थानीय अर्जुनबहादुर थिङको घरमा आगलागी भएको हो ।

टिनको छानोले बनेको एक तल्ले कच्ची घरमा बाख्रालाई कुँडो पकाउने क्रममा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीबाट तिलहरी थान १, कानमा लगाउने ढुंग्री थान १ गरी २ तोला सुन,अन्नपात, लत्ताकपडा लगायत सामानहरू र घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरीका नायव उपरीक्षक टेकबहादुर कार्कीले जनआस्थालाई बताए।

प्रहरीका अुनसार आगलागीबाट आठ लाख बराबरको धनमाल क्षति भएको छ । आगलागीबाट मानवीय क्षति नभएको र आगो पूर्ण  नियन्त्रणमा आएको छ ।

टिप्पणीहरू