५० वर्षसम्म किन कसैले चन्द्रमामा पाइला टेकेनन् ?

५० वर्षसम्म किन कसैले चन्द्रमामा पाइला टेकेनन् ?

५० वर्षदेखि कुनै पनि मुलुकका अन्तरिक्ष यात्री चन्द्रमाको सतहमा ओर्लेका छैनन् । त्यसअघि निकै तँछाड मछाड भएको चन्द्रयात्रा पाँच दशकदेखि मत्थर छ । त्यतिबेला अमेरिका र तत्कालीन सोभियत संघबीच अन्तरिक्ष र विशेषगरी चन्द्रमामा जान होडबाजी थियो ।

सन् १९६९ को जुलाई २० तारिखका दिन अमेरिकी अपोलो ११ का अन्तरिक्षयात्रीहरुले चन्द्रमामा पहिलो पटक मानव पाइला राखेका थिए । त्यसबखत निल आर्मस्ट्रङ र एड्विन अल्डरिन जुनियर त्यहाँ पुगेपछिका तीन वर्षमा थप १० जना अमेरिकीले उनलाई पछ्याए ।

सन् १९७२ डिसेम्बरमा अपोलो १७ अभियानमार्फत चन्द्र धरातलमा गएपछि  हालसम्म कोही पनि त्यहाँ  पुगेका छैनन् । यसो किन भयो होला ? अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार आर्थिक र राजनीतिक कारणले उक्त अभियान सुस्त भएको हो । त्यसमा वैज्ञानिक वा प्राविधिक कारण भने केही पनि नभएको बताइन्छ । 

तत्कालीन सोभियत संघको तर्फबाट पनि सन् १९७४ को अप्रिलमा एलेक्सेई लेनोभले चन्द्र धरातलमा पाइला टेकेको रुसी अभिलेखमा छ । तर,अमेरिकी विवरणमा उनको चन्द्रयात्राबारे कुनै विवरण पाईंदैन ।

अब अमेरिकी अन्तरिक्षसम्बन्धी संस्था नासाले पुनः चन्द्रमामा मानिस लैजाने योजना अघि सारेको छ । उसले छिटोमा आगामी तीन वर्षपछि सन् २०२५ भित्र त्यहाँ अन्तरिक्षयात्री लैजाने तयारी गरेको छ ।

टिप्पणीहरू