बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुका लागि बेथानचोकमा दीप प्रज्ज्वलन

बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुका लागि बेथानचोकमा दीप प्रज्ज्वलन

काभ्रेको बेथानचोक गाउँपालिका -४,चलाल गणेस्थानमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन र शान्ति पूजा गरिएको छ । मृतकका आफन्त तथा शुभेच्छुक हिजो दिउँसो दुर्घटनास्थलमा भेला भएका थिए ।

बेथानचोक–५ च्याल्टीबाट बनेपा–११ सल्ले आएको रिजर्भ बस मंगलवार साँझ ६ बजे गन्तव्यतर्फ लाग्ने क्रममा दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो २२ जना घाइते भएका थिए। दुर्घटनामा परी मृत्यु भएकाहरुको आत्माको शान्तिको कामना गर्दै बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी,वडा नम्बर ४ का वडाअध्यक्ष कृष्णबहादुर पाख्रिन लगायत गणेशस्थानका बासिन्दाहरू मिली पूजा सम्पन्न गरेका हुन् ।

टिप्पणीहरू