घाइते वडा सदस्य बिमल सुनारको निधन

घाइते वडा सदस्य बिमल सुनारको निधन

गत शनिवार उमाकुण्ड गाउँपालिका -७ भुजीको एकराते भन्ने स्थानमा लिखु तामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँबाट जाँदै गरेको बा ११ च ७५९१ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटनामा परेका वडा सदस्य बिमल सुनारको ज्यान गएको छ । 

एमालेबाट युवा सङ्घका नेता समेत रहेका ३९ बर्षीय सुनुवारको उपचारको क्रममा हिजो राति ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।  दुर्घटनामा सुनुवारसहित ६ जना गम्भीर घाइते भएका थिए । ३४ वर्षीय राजकुमार थापा, ३०–३० वर्षकी सीता कार्की र मनिता खड्का,३२ वर्षकी बिमला सुनुवार, २३ वर्षीय सृष्टि सुनुवार,१६ वर्षीय नरेश खड्का,४० वर्षीय दीपक सुनुवार घाइते भएका थिए । 

 गम्भीर घाइते भएका वडा सदस्यसहित ३ जनालाई अन्नपूर्णको हेलिकप्टरमार्फत काठमाडौँ उपचारको लागि लगिएकोमा बाँकीको उपचार जारी रहेको बताइएको छ। दुर्घटनामा ९ जना घाइते भए मध्ये तीन जना स्थानीय अस्पतालमा उपचार गराएर घर फर्किएका र  तीन जनाको मन्थलीमा उपचार भइरहेको बताइएको छ।

टिप्पणीहरू