घाँस काट्न जाँदा स्यालले टोकेर ६ जना सिकिस्त

घाँस काट्न जाँदा स्यालले टोकेर ६ जना सिकिस्त

 
महोत्तरीमा स्यालको टोकाईबाट ६ जना घाइते भएका छन् । पिपरा गाउँपालिका–७ वनौली गाउँका दुई महिला र चार पुरुषलाई हिजो साँझ स्यालले टोकेको हो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार स्थानीय ५० वर्षीय दिनेश ठाकुर, ६२ वर्षीय शिवशंकर साह, ५५ वर्षीय बिल्टु मण्डल, ५५ वर्षीय लुटन साह, ६५ वर्षीया सिनेहा देवी र ५५ वर्षीया रामतोला देवी घाइते भएका छन् । गाउँको नजिकै रहेको वनमा घाँस दाउरा लिन गएका उनीहरुलाई घर फर्किने समयमा स्यालले आक्रमण गरी घाइते बनाएको जनाएको छ । 

घाइते शिवशंकर, सिनेहा देवी र रामतोला देवीलाई गएराति नै उपचारका लागि जानकी अस्पताल लगिएको थियो । गम्भिर चोटपटक नलागेकाले हाल उनीहरु डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

टिप्पणीहरू