थाइल्याण्डको देवालयमा पूर्वराजा ज्ञानेन्द्र स-पत्नी विराजमान
थाइल्यान्डको बैंककस्थित त्रिनाथ देवालय भवनको माथिल्लो तलामा सनातनी मन्दिर छ । सन् १९९३ मा निर्मित यस देवालयमा ‘थाई–नेपाल’ समाज पिलोकका नेपालीहरूले मन्दिर स्थापना गरेका हुन् ।मन्दिर छेउछाउमा पिलोके नेपालीहरू बस्छन् । उनीहरु मन्दिरमा दिनदिनै भेला हुन्छन् । सामाजिक मन्थन गर्छन् । पीडितका लागि चन्दा उठाउँछन् । मन्दिरका लागि दान दिन्छन् ।
मन्दिर छिर्दा नेपालीहरूको बेग्लै रौनक छ । माथिल्लो तला उक्लिँदै जाँदा राजा–रानी भेटिन्छन् । एउटा फोटो भित्तामा झुन्डिएको छ । थाई राजा स्वर्गीय भूमिबोल अदुल्यादेज र नेपाली पूर्वराजा ज्ञानेन्द्र शाह स–पत्नी सजिएका छन् ।
थाइल्यान्डमा राजतन्त्र कायमै छ । नेपालमा गणतन्त्र आइसक्यो । तर, स्वर्गीय राजा भूमिबोल र वीरेन्द्रलाई बारम्बार स्मरण गर्छन्, नेपालीभाषी । नेपाली राजपरिवारको हत्याप्रति दुःख व्यक्ति गर्छन्, बर्मेली–नेपाली होमनाथ न्यौपाने ।
‘बैंककको चित्रमार्फत् साफ थाइल्यान्डको चरित्र देखिन्छ । बैंककमा यात्रा गर्नु भनेको एकैपटक धेरै संसारहरू हेर्नुजस्तै हो । सामान्य मानिस छन् । महाराजा छन् । मन्दिर छन् । भगवान छन् । मानौँ, संसारै छ,’ उनी भन्छन् ।
नेपाल–थाइल्यान्डबीच भावनात्मक सम्बन्ध छ ।
टिप्पणीहरू