क्रिष्चियनहरु माइकिङ्ग गर्दै दौडिए

क्रिष्चियनहरु माइकिङ्ग गर्दै दौडिए

 राजधानीमा माइकिङ्ग गर्दै दौडिए 

राजधानीका सडकमा क्रिष्चियन धर्मावलम्बीहरुले माइकिङ गरेका छन् । उनीहरुले आज बिहान नयाँ बिजुलीबजार नजिकैको धोबीखोला पुलबाट नारा लगाउँदै र्याली निकालेका हुन् । 

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आयोजनामा भएको कार्यक्रममा उनीहरुले ‘धार्मिकताले राष्ट्रलाई उचाल्छ ‘हितोपदेश १४ः३४’ हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदायको स्वाभिमान र पहिचान’ लेखिएको ब्यानर बोकेका हुन् । 
येशू ख्रीष्टको शुभ जन्मोत्सव २०७९ को उपलक्ष्यमा शुभकामना तथा मोटरसाइकल र्याली निकालिएको आयोजकले बताएको छ ।

महासंघकी अध्यक्ष गोमा राईको नेतृत्वमा भएको र्यालीमा केही चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनका साथै पैदल यात्रा गर्ने पनि छन् । उनीहरु बिजुलीबजारको पुलबाट माईतीघर, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबारमार्ग, हात्तीसार, कृष्ण पाउरोटी चोक हुँदै कमलादी प्रज्ञा प्रतिष्ठानमा पुग्ने जानकारी दिइएको छ ।

पर्सि आइतबार क्रिष्चियन धर्मावलम्बीहरुको चाड क्रिसमस हो । त्यो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

टिप्पणीहरू