दक्षिणकालीमा पानी ट्याङ्कर खस्यो, ४ जना घाइते

दक्षिणकालीमा पानी ट्याङ्कर खस्यो, ४ जना घाइते

काठमाडौंको दक्षिणकाली नजिकै पानी ट्याङ्कर सडकबाट खसेको छ । आज साँझ भएको दुर्घटनामा चार जना घाइते भएको बताइएको छ ।

स्थानीय पावरहाउस, इँटाभट्टास्थित चाल्नाखेलबाट पावरहाउसतर्फ जाँदै गरेको ट्याङ्कर अनियन्त्रित भएर सडकबाट अन्दाजी ३० मीटर तल खसेको प्रहरीको भनाइ छ । बा.३ ख ६६५६ नम्बरको ट्याङ्करमा सवार चारै जना घाइते भएकाले उनीहरुलाई स्थानीयको सहयोगमा मिनी टाटामा राखेर अस्पताल पुर्याइएको छ । 

घाइते सबैको बल्खुस्थित बयोधा हस्पिटलमा उपचार भइरहेको छ । उनीहरुको परिचय भने खुलेको छैन ।

टिप्पणीहरू