जलविद्युतको काम हेर्न आइपुग्यो भारतीय टोली

जलविद्युतको काम हेर्न आइपुग्यो भारतीय टोली

निर्माणाधीन अरुण तेस्रो (घ) जलविद्युत परियोजनाको निरीक्षण गर्न भारतीय टोली नेपाल आएको छ । भिस्टारा एयरलायन्सको युके–१५६ विमानमार्फत भारतीय टोली केही बेरअघि दिल्ली हुँदै काठमाडौं आएको हो । 

भारतीय कम्पनी स्यापडिसी लिमिटेडका अध्यक्ष नन्दलाल शर्मा, निर्देशक अखिलेश्वर सिंह,प्रबन्धक अंशुल सिंह को आगमन भएको छ । हाल लिमिटेडले ९०० मेगावाट जडित क्षमता भएको अरुण तेस्रो घ पावर हाउसदेखि बथनाहासम्म जोडिएको चार सय किभी प्रसारण लाइनको काम गर्दैछ ।

टिप्पणीहरू