पिसाब फेर्न झरेका सशस्त्रका जवान मर्स्याङ्दीमा बेपत्ता

पिसाब फेर्न झरेका सशस्त्रका जवान मर्स्याङ्दीमा बेपत्ता

सशस्त्र प्रहरी बलका एक जवान लमजुङमा मर्स्याङ्दी नदीमा बेपत्ता भएका छन् । सदरमुकाम बेसिशहरबाट मनाङतर्फ जाँदै गरेको ग. १ ज ७३३५ नम्बरको जीपमा सवार अनन्त महत मर्स्याङ्दी गाउँपालिका–४ काप्रेभीरमा पिसाब फेर्ने क्रममा लडेपछि नदीमा हराएका हुन् ।

३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त हिजो खसेका हुन् । सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार उनको खोजीमा दिनभर सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली जुटेको थियो । 

महत रामेछापको लिखु तामाकोसी गाउँपालिका–४, बिजुलीकोटका स्थायी बासिन्दा हुन् । उनी सशस्त्र प्रहरीको २२ नम्बर गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नम्बर गुल्म हेडक्वार्टर चामेतर्फ जाँदै थिए ।

टिप्पणीहरू