बसले किच्दा बृध्दा ठहरै

बसले किच्दा बृध्दा ठहरै

अर्घाखाँचीको शीतगंगा नगरपालिका १४ हडाहामा हिजो साँझ बसले किचेर एक बृद्दाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई रहेकी छन् ।

प्रहरीका अनुसार कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा भट्टराई लडेकी थिइन् । लडेकी भट्टराईलाई सोही बसको पछाडिको चक्काले किचेको थियो ।कपिलवस्तुको पिपरास्थित सामुदयिक अस्पतालमा उपचारको क्रममा मंगलबार बेलुकी साढे ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू