नर्भिकमा कलेजो रोगीलाई निःशुल्क परामर्श

नर्भिकमा कलेजो रोगीलाई निःशुल्क परामर्श

नर्भिक इन्टरनेशनल हस्पिटलले कलेजोका रोगीलाई निःशुल्क परामर्श सेवा दिने भएको छ । ओपिडी अभियानअन्तर्गत नर्भिकले आउँदो शनिबार पहिलो पटक कलेजो बिरामीलाई सित्तैंमा परामर्श दिन लागेको हो । केही दिनअघि पत्रकार सम्मेलनको आयोजना गर्दै नर्भिकले कलेजो प्रत्यारोपण सेवाका लागि आवश्यक प्रक्रिया अघि बढाएको जानकारी गराएको थियो ।

नर्भिकले विगत केही महिनादेखि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ‘निःशुल्क ओपिडी अभियान’ सञ्चालन गर्दै आएको छ । यसअघि नर्भिकले यूरोलोजीसम्बन्धी सेवा पनि दिएको थियो । अस्पतालले मृगौला प्रत्यारोपणको सेवा पनि सफलतापूर्वक सुचारु गरिसकेको छ ।
 

टिप्पणीहरू