कतार एअरवेजको विमानमा चरा ठोक्कियो

कतार एअरवेजको विमानमा चरा ठोक्कियो फाइल फाेटाे

कतारको राजधानी दोहाबाट काठमाडौं आएको विमानमा चरा ठोक्किएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरा ठोक्किएपछि उक्त विमानले यताबाट दोहाको उडान भर्न सकेको छैन ।

बिहान कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ विमानमा चरा ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतले पुष्टि गरेको छ । चरा ठोक्किएपछि देखिएको प्राविधिक समस्याका कारण बिहान साढे १० बजे काठमाडौंबाट उड्नुपर्ने विमान अहिले पनि विमानस्थलमा छ । 

दोहा हुँदै विश्वका विभिन्न मुलुक जान ठिक्क परेका यात्रु सबै विमानस्थलको प्रस्थान कक्षमा रहेको बताइएको छ ।

टिप्पणीहरू