पोखराको जहाज दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री प्रचण्ड एअरपोर्टमा

पोखराको जहाज दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री प्रचण्ड एअरपोर्टमा

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन विमानस्थल पुग्नुभएको छ ।

विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर उहाँले घटनाको विस्तृत बिवरण लिनुभएको छ । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्नु निर्देशन दिनुभएको बताइएको छ ।

 

निरीक्षणका लागि प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत सरकारी अधिकारीहरू त्रिभुवन विमानस्थल पुगेका छन् ।

टिप्पणीहरू