विमान दुर्घटनामा जीवितको सम्भावना न्यून,खोंचबाट शव र भग्नावशेष निकाल्ने तयारी

विमान दुर्घटनामा जीवितको सम्भावना न्यून,खोंचबाट शव र भग्नावशेष निकाल्ने तयारी

आज बिहान पोखराको अन्तर्राष्ट्रिय र पुरानो विमानस्थलबीच भएको विमान दुर्घटनामा रहेका यात्रु र चालक दलका सदस्यमध्ये जीवित फेला पर्ने सम्भावना क्षीण हुँदै गएको छ । अहिलेसम्म निकालिएको शवको अवस्था र दुर्घटनास्थललाई नजिकबाट नियालेका उध्दार कार्यमा संलग्न सुरक्षाकर्मीहरुले उक्त अनुमान गरेका हुन् ।

‘बाँचेका फेला पर्ने सम्भावना शून्य छ,’ पोखरास्थित एक जना सुरक्षा अधिकारीले बताए । उनका अनुसार विमानको केही भाग र धेरै शव खोंचबाट ६० देखि ७० फीट तलसम्म पुगेको छ । विमानको भग्नावशेषले च्यापिएको अवस्थामा शव खोंचमा अड्किएको छ । 

‘काठमाडौंबाट गएको विमान पूर्वबाट अवतरण नगरेर आधा फन्को लगाई पश्चिमबाट पूर्वतर्फ आएको थियो । विमानस्थल नपुग्दै जहाज पश्चिम दक्षिणतर्फको खोंचमा खसेको हो,’

उक्त खोंचमा मानिस जान नसक्ने भएकाले अहिले क्रेन लगाएर निकाल्ने तयारी भैरहेको छ । हालसम्म खोंचको माथिल्लो भागबाट तीन दर्जन शव निकालिसकिएको छ । नजिकै घनाबस्ती रहेको ठाउँमा विमान खसेको भए दुर्घटना झनै डरलाग्दो हुने अवस्थालाई कतिपयले पाइलटले आफू बितेर भए पनि बस्ती बचाउन खोजेको रूपमा अड्कल लगाएका छन् ।

हुन तः यति एअरलाइन्सको उक्त विमान नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा थियो । तर,विमान पुरानो विमानस्थलको उत्तरपूर्वमा रहेको सेती खोंचमा खस्यो । त्यहाँबाट विमान अघि बढेको भए नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुग्थ्यो । 

‘काठमाडौंबाट गएको विमान पूर्वबाट अवतरण नगरेर आधा फन्को लगाई पश्चिमबाट पूर्वतर्फ आएको थियो । विमानस्थल नपुग्दै जहाज पश्चिम दक्षिणतर्फको खोंचमा खसेको हो,’ उनै सुरक्षा अधिकारीले बताए ।

टिप्पणीहरू