पहिचान नखुलेका बिदेशीका शव काठमाडौं ल्याउने तयारी

पहिचान नखुलेका बिदेशीका शव काठमाडौं ल्याउने तयारी

हिजो बिहान पोखरामा भएको यति एअरलाइन्सको एटिआर विमान दुर्घटनामा निधन भएकामध्ये स्थानीयको शव पहिचान र बुझाउने कार्य आज बिहान ११ बजेसम्म गरिने भएको छ । हराइरहेका ३ वटा शवको खोजी आज बिहानबाट पुनः थालिएको छ ।

हिजो साँझ र आज बिहानसम्म ६९ वटा मृत शरीर फेला पारिएकोमा बाँकीको खोजी कार्य आज बिहान ६ बजेदेखि सेती नदीको खोंचमा शुरु भएको हो । आज बिहानसम्म फेला पारिएकामध्ये पहिचान हुन नसकेको,विदेशी नागरिक र पोखरा क्षेत्रभन्दा बाहिरको शव दिउँसो काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याएर राखिने बताइएको छ ।

टिप्पणीहरू