नुवाकोटमा रक्सीले मातेर दाजुले भाइ मारे

नुवाकोटमा रक्सीले मातेर दाजुले भाइ मारे

नुवाकोटमा आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले भाइलाई समातेको छ । बेलकोटगढी नगरपालिका–९ नलगाउँका ३२ वर्षीय ईन्द्रसिंह तामाङलाई दाइ जगत गौचन तामाङको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । नुवाकोट प्रहरीका अनुसार ईन्दसिंहले मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा जगतको टाउकोमा लाठोले हानेर मारेका हुन् । 

गम्भिर घाइते भएका जगतलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लैजाँदा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गर्नका लागि ईन्दसिंहलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू