ढुंगाअड्डामा सवारी दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भीर

ढुंगाअड्डामा सवारी दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भीर

आज बिहान कलंकी नजिकैको ढुंगाअड्डामा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ । बिहान पौने ७ बजेको उक्त दुर्घटना मालवाहक ट्रकले मोटरसाइकल र पैदल यात्रीलाई ठक्कर दिएपछि भएको बताइएको छ ।

थानकोटबाट कलंकीतर्फ आउँदे गरेको ना.६ ख ६६१५ नम्बरको मालबाहक ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०२–०१ प ८२५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । मोटरसाइकल चालक धादिङ धुनिवेशी ३ घर भई थानकोट बस्ने ४५ वर्षीय रामकुमार सुनारको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

सोही मोटरसाइकलमा पछाडि बसेकी धादिङ धुनिबेशी ९ घर भएकी र हाल थानकोट बस्ने १५ वर्षीया मल्लिका सुनारको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनको तत्काल सहिद मेमरियल अस्पताल कलंकीमा उपचार थालिए पनि अवस्था गम्भीर रहेको बताइएको छ ।

पैदल यात्री तीर्थमान खत्रीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । ओखलढुंगाका ४३ वर्षे खत्री हाल नैकाप बस्दै आएका हुन् । उनी पैदल हिँडिरहेको अवस्थामा सोही सवारी साधनले ठक्कर दिँदा घाइते भएका हुन् ।

दुर्घटनमा संलग्न सवारी साधन तथा ट्रक चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू