विमान दुर्घटनाप्रति प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्ने

विमान दुर्घटनाप्रति प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्ने

प्रतिनिधिसभाले पोखरामा भएको विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने भएको छ ।  प्रतिनिधिसभाको जारी बैठकमा बोल्ने सबै सांसदहरुले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे चासो राखेपछि सभा सञ्चालकले त्यहिबीचमा विशेष प्रस्ताव पारित गर्ने जानकारी गराएका हुन् । 

माघ १ गते काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा सबैको निधन भएको छ ।

टिप्पणीहरू