महेन्द्रनगरमा साढे १५ किलोग्राम चरेस समातियो

महेन्द्रनगरमा साढे १५ किलोग्राम चरेस समातियो

कञ्चनपुरको महेन्द्रनगरमा साढे १५ किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले उक्त चरेस र चरेस बोक्ने व्यक्तिहरुलाई हिजो पक्रेका हुन् ।

प्रहरीका अनुसार बझाङ केदारस्यु गाविस वडा नम्बर ७ घर भएका र हाल भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने करन धामी र शुक्लाफाँटा नगरपालिका–१२ देखतभूली बस्ने महेशप्रसाद भट्टलाई १५ किलो पाँच सय २० ग्राम चरेससहित पक्राउ गरिएको हो । 

उनीहरुमाथि थप अनुसन्धान थालिएको बताइएको छ ।

टिप्पणीहरू