मध्यराती आएको अमेरिकी वायुसेनाको विमान बिहानै उड्यो

मध्यराती आएको अमेरिकी वायुसेनाको विमान बिहानै उड्यो

कार्गो र डेढ दर्जन बढी अमेरिकी नागरिक बोकेर अस्ति राति काठमाडौं उत्रेको वायुसैनिक विमान आज बिहान उडेको छ । युएस एअर फोर्सको सी १७ आरसीएच १८१५ कल साइन भएको चार्टर विमान आज बिहान साढे ८ बजे काठमाडौंबाट ताजिकिस्तानको राजधानी दुसान्बेतर्फ प्रस्थान गरेको बताइएको छ ।

विमानले हिजो दुई हजार केजी कार्गो ल्याएको थियो । साथै अमेरिकी विदेश मन्त्रालयका अधिकृत माइकल जोसेफ कोसिओलोनसहित डेढ दर्जन यात्रु र क्रु मेम्बर पनि आजै फर्केका छन् । हिजो बिहान भने विमानमा चालक दलका सदस्य र कोसिओलोन मात्रै रहेको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतले दिएको थियो ।

टिप्पणीहरू