सीमाबाट हजारौंको सामान बरामद

सीमाबाट हजारौंको सामान बरामद

नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएको सामान प्रहरीले बरामद गरेको छ । झापाको भद्रपुर नगरपालिका ५ मेची किनारमा रहेको स्मसानघाटबाट भारततर्फ अवैध रुपमा लगिएको ५४ हजार ७८२ रुपैयाँ बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो । 

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले उक्त सामान नियन्त्रणमा लिएको बताइएको छ । समातिएका सामानमा १ कार्टुन नुहाउने साबुन, २ कार्टुन सय ग्रामको टुथपेष्ट, १ कार्टुन ३८ ग्रामको टुथपेष्ट र ५ कार्टुन हाजमोला छन् ।

बरामद सामान आवश्यक कारबाहीको निम्ति भद्रपुर भन्सार कार्यालय, झापा पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

टिप्पणीहरू