पाइलट कुट्नेहरुमध्ये आधा दर्जन समातिए

पाइलट कुट्नेहरुमध्ये आधा दर्जन समातिए

फुटबल प्रतियोगिता भइरहेका बेलामा मैदानमा हेलिकोप्टर अवतरण गर्ने प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोललाई कुटपिट गर्नेहरु पक्राउ परेका छन् । पाइलट कुटेको आरोपमा स्याङ्जा प्रहरीले छ जनालाई समातेको छ ।

पक्राउ परेकामा यामबहादुर गुरुङ, सुरेश श्रेष्ठलगायत हुन् । हिजो पक्राउ परेका उनीहरुविरुद्ध आज जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माघ ५ गते खेल भइरहेको समयमा स्याङ्जाको वालिङका स्थानीय विनोद गैह्रे, उज्वल थापा, सुशील गिरी र खिमबहादुर रानाले खेलमैदानमा नै प्रभुको हेलिकोप्टर अवतरण गर्न लगाएका थिए । हेलिकोप्टर ल्याण्ड गरेपछि स्थानीय युवाले पाइलटमाथि हातपात गरेका थिए । डंगोलले भने यात्रुको आग्रहमा बाध्य भएर खेल मैदानमा हेलिकोप्टर अवतरण गरेको जवाफ दिँदै आएका छन् ।

सोही विषयलाई लिएर नेपाल नागरिक उड्ययन प्राधिकरणले प्रभु हेलिकोप्टरका सबै उडानमा रोक लगाएको छ भने पाइलट डंगोललाई उडान प्रतिबन्ध गरेको छ ।

टिप्पणीहरू