प्रेमप्रसादलाई न्याय माग्दै माइतीघरमा आन्दोलन

प्रेमप्रसादलाई न्याय माग्दै माइतीघरमा आन्दोलन

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई न्यायको माग गर्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । 

आचार्यलाई न्याय दिनुपर्ने र उनले उठाएका मागहरु सम्बोधन गर्नुपर्ने बताउँदै आज पनि शान्तिपूर्ण आन्दोलन गरिएको हो । ‘काठमाडौं अपराइजिङ’ का नाममा समूह बनाएका युवाहरुले सरकारलाई दबाब दिनका लागि आन्दोलन थालेका हुन् । 

आत्मदाह गरेका आचार्यका परिवारलाई भेटेर सरकारले घटना सामसुम पार्न खोजेको उनीहरुको आरोप छ । साथै, सरकारले यो विषयलाई हलुकाका साथ लिएको आन्दोलनकारीहरुको भनाइ छ । 

आन्दोलनकारीहरुले ‘अर्को जल्दो शरीर मेरो नहोस्’,‘प्रेमप्रसाद आचार्यको २५ बुँदे माग पूरा गर’,‘दलालहरु होशियार’,‘यो आत्महत्या होइन्, हत्या हो’,‘सस्तो लोकप्रियताका स्टन्ट बन्द गर’, लगायतका नारा लगाएका छन् । 

संघीय संसद् भवनअगाडि अस्ति आफैंमाथि आगो लगाएका प्रेमप्रसादको हिजो बिहान उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो ।
 

टिप्पणीहरू