ज्ञानेन्द्र शाहीले नभेटेको रिस सिंहदरबारको दक्षिण ढोकामा छरपष्ट
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पटक पटक भेट्न बोलाएर भेट नदिएपछि सिंहदरबारको ढोकामा नाराबाजी गरिएको छ । आज दिउँसो सिंहदरबारको दक्षिण गेटमा राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङले नाराबाजी गरेका हुन् ।
लाक्पाका अनुसार शाहीले पटक पटक भेट्न बोलाएर समय दिए पनि सिंहदरबारभित्र नबोलाएको भन्दै गेटबाहिर नाराबाजी गरेको बताइएको छ । शाहीले अनावश्यक दुःख दिएको र आफूले भ्रष्टाचार सम्बन्धी प्रमाणहरू बोकेर हिँडिरहेको उल्लेख गर्दै उनले भने, ‘धेरै पटक अख्तियार धाउँदा पनि भ्रष्टाचार छानबिन गरिएको छैन । आज पनि शाहीले सिंहदरबार बोलाएर फोन अफ गरेपछि नाराबाजी गरेको हुँ ।’
नाराबाजीपछि गेट बाहिर आवागमनमा अवरोध पुगेको भन्दै प्रहरीले लाक्पालाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबार पुर्याएको हो ।
टिप्पणीहरू