दुर्घटनामा परेका समाजवादीका नेता भुसालको स्वास्थ्य अवस्था सामान्य

दुर्घटनामा परेका समाजवादीका नेता भुसालको स्वास्थ्य अवस्था सामान्य

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व कृषिमन्त्री घनश्याम भुसालले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ । 

नयाँ बानेश्वरमा सवारी दुर्घटनामा पर्नुभएको उहाँले आफूलाई गम्भीर खालको चोटपटक नलागेको जानकारी गराउनुभएको हो । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले मेडिकल टेस्टको रिपोर्टहरु सामान्य रहेको बताउनुभएको छ । 

नेता भुसालले भन्नुभएको छ,‘सडक दुर्घटनाका कारण सिभिल अस्पतालमा उपचाररत रहेको हुँदा अहिलेसम्म कुनै प्रकारको चोटपटक वा गम्भीर समस्या नरहेको, साथै मेडिकल टेस्टको हालसम्मको रिपोर्टहरुसमेत सामान्य रहेको जानकारी गराउँदै चासो–चिन्ता व्यक्त गर्नुभएकोमा सबैप्रति आभार व्यक्त गर्दछु ।’

आज दिँउसो नयाँ बानेश्वरमा उहाँ आफैँले चलाएको बा.१६ च १३८४ नम्बरको कार अनियन्त्रित भई सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएको थियो । 

गाडीमा सवार नेता भुसाल र अर्का एक व्यक्तिलाई तत्कालै उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।

टिप्पणीहरू