कुकुर बचाउँन खोजेका मोटरसाइकल चालकको ज्यान गयो

कुकुर बचाउँन खोजेका मोटरसाइकल चालकको ज्यान गयो

जनकपुरमा मोटरसाइकल गुडाइरहेका एक जनाको ज्यान गएको छ । जनकपुर उपमहानगरपालिका ४ कटैयामा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको बताइएको छ । मृत्यु भएकामा धनुषाकै मुखियापट्टीका ४४ वर्षीय विजय कुमार साह हुन् । प्रहरीका अनुसार सडकमा मोटरसाइकल गुडिरहेको समयमा कुकुरलाई छल्न खोज्दा दुर्घटना भएको हो ।

गएराति ११ बजे ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । साहको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

टिप्पणीहरू