बाघचाल जित्नेलाई १० हजार पुरस्कार

बाघचाल जित्नेलाई १० हजार पुरस्कार

लमजुङमा सञ्चालन भएको खुल्ला बाघचाल प्रतियोगितामा नविन बास्तोला पहिलो भएका छन् । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्नो सातौं स्थापना दिवसमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।

सुन्दरबजार नगरपालिका– ९ को सिउँडीबारस्थित समुताँ तमु समाजको सामुदायिक भवनको हातामा सञ्चालन गरिएको खुल्ला बाघचाल प्रतियोगितामा २६ टिमले भाग लिएका थिए ।

प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ३ दुराडाँडाका नवीन बास्तोला पहिलो, कोइराला फाँटका कृष्णहरि कोइराला दोस्रो, सुन्दरबजारका राजु न्यौपाने तेस्रो तथा खत्रीढाँटीका धनबहादुर तामाङ र राइनास गनरपालिका– ६ धमिलिकुवाका रविन पाण्डे सान्त्वना भएका छन् । 

विजयी हुने बास्तोलाले सिधा सेटमा प्रतिद्वन्द्वी कोइरालालाई हराएका थिए । प्रतियोगितामा भाग लिएका स्कूले विद्यार्थी सन्दिप श्रेष्ठलाई प्रोत्साहन स्वरुप पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । तेस्रो हुने राजु न्यौपानेले पनि पाँच सय रुपैयाँ पुरस्कार पाए । सयपत्री आवासीय माविको कक्षा– ४ मा पढ्ने श्रेष्ठले दुई चरणसम्म जित हासिल गरेका थिए ।

 बाघचाल प्रतियोगिताको नतिजा प्रतिष्ठानका कार्यकारी सदस्य एवम् निर्णयक समितिका सहसंयोजक कृष्णबहादुर केसीले घोषणा गरेका थिए । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, सात हजार, पाँच हजार तथा सान्त्वना स्थान हासिल गर्नेहरूलाई जनही दुई हजार पाँच सयका दरले पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

टिप्पणीहरू