गाँजा बोकेर हिँडेका दुई जना भोर्लेबाट पक्राउ

गाँजा बोकेर हिँडेका दुई जना भोर्लेबाट पक्राउ

मकवानपुरमा लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

हेटौंडा उपमहानगरपालिका–१५ का १९ वर्षीय सरोज भोलनसहित दुई जना गएराति १ केजी २ सय ग्राम गाँजासहित समातिएका हुन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले भोर्लेबाट रातोमाटे हाईवेतर्फ जादैँ गरेको ना.४० प ४१७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजासहित सोही स्थानबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

टिप्पणीहरू