सत्ता गठबन्धनको संयन्त्रको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको संयन्त्रको बैठक बालुवाटारमा जारी

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

बैठकमा भावी राष्ट्रपति, गठबन्धनभित्र देखिएको अविश्वासलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । आगामी २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा उठाउने उम्मेदवारका विषयमा विशेष रुपमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । 

हिजो संयन्त्रको बैठक बस्ने भनिए पनि अन्तिम समयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तापछि आजका लागि सारिएको थियो ।  जारी बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयदेखि प्रादेशिक राजनीतिक समीकरणका विषयमा पनि छलफल हुने बताइएको छ ।
 

टिप्पणीहरू