टर्की र सिरियाको महाभूकम्पमा ज्यान गुमाउनेको सम्झनामा काठमाडौँमा बत्ती बालिने

टर्की र सिरियाको महाभूकम्पमा ज्यान गुमाउनेको सम्झनामा काठमाडौँमा बत्ती बालिने

टर्की र सिरियाको महाभूकम्पमा परि दिवङ्गत भएकाहरुको सम्झनामा आज दीप प्रज्वलन गरिने भएको छ । सत्तारुढ दल राप्रपाको युवा संगठनले उक्त कार्यक्रम गर्न लागेको हो । 

राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नम्बर १ को आयोजनामा माइतीघर मण्डलामा साँझ ६ बजे मृतकहरुको आत्माको चीरशान्तिका लागि बत्ती बालिने संगठनले बताएको छ । 

दक्षिणपूर्वी टर्की र सीमाना जोडिएको सिरियामा गत सोमबार बिहान लगातार दुईचोटि शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परेर हजारौंको ज्यान गएको छ भने असंख्य घाइते भएका छन् ।

टिप्पणीहरू