बिहान झिसमिसेमा सीमा क्षेत्रमा समातियो लाखौंको सामान

बिहान झिसमिसेमा सीमा क्षेत्रमा समातियो लाखौंको सामान

कञ्चनपुरको सीमा क्षेत्रमा आज बिहान लाखौंका सामान समातिएको छ । सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीले साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिएको बताइएको छ।

बिहान साढे ५ बजे पाँच वटा साइकलमा हालेर अवैध रुपमा ल्याइएको महिलाका कपडा र पाउडर दुध नियन्त्रणमा लिइएको हो । बिओपी जिमुवाबाट खटिएको गस्ती टोलीले भीमदत्त नगरपालिका १०, गज्जर सीमा इलाकामा ती सामान पक्रेको हो । 

पक्राउ परेका सामान र साइकलको अनुमानित मूल्य पौने तीन लाख रुपैयाँ भएको बताइएको छ ।

टिप्पणीहरू