राजधानीको खाजाघरमा जुवाको खाल, आधा दर्जन पक्राउ

राजधानीको खाजाघरमा जुवाको खाल, आधा दर्जन पक्राउ

राजधानी नजिकैको सतुंगलमा जुवाको खालमा रमाइरहेका जुवाडेहरु पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका ११, सतुगंलस्थित खाजाघरमा जुवा खेलिरहेका उनीहरुलाई प्रहरीले पक्रेको हो । 

खाजाघरमा जुवातास खेलिरहेको सूचनाको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले उनीहरुलाई रकम र ताससहित नियन्त्रणमा लिएको बताइन्छ । सञ्चालक र जुवाडेहरुको साथबाट ३७ हजार ६ सय ८५ रुपैयाँ र दुई बुक तास फेला परेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोटको हिरासतमा राखिएको छ । आज सार्वजनिक बिदा परेकाले जुवा ऐनअन्तर्गत भोलि मुद्दा चलाउने तयारी गरिएको हो ।

टिप्पणीहरू