पैसाको मुठो बोकेर जुवाको खाल,पति पक्राउ,परिवारको बेहाल

पैसाको मुठो बोकेर जुवाको खाल,पति पक्राउ,परिवारको बेहाल

भक्तपुरको खरिपाटीबाट आठ जुवाडे समातिएका छन् । दिउँसै जुवा खेलिरहेका उनीहरुलाई प्रहरीले खालबाटै उठाएको हो । 

चाँगुनारायण नगरपालिका–७ बागेश्वरी कमेरेटारका ५८ वर्षीय केशवप्रसाद लामिछानेसहित ८ जनालाई हिजो दिउँसो पैसासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । खरिपाटीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई समातेको हो । 

जुवाडेको साथबाट एक लाख सात हजार ३० रुपैयाँ नगदसहित ३ तासबुक बरामद भएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू