कुटेर बाबु मारेको आरोपमा छोरा पक्राउ

कुटेर बाबु मारेको आरोपमा छोरा पक्राउ

आफ्नै बाबुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रोल्पाको माडी गाउँपालिका–५, बाग्माका ३७ वर्षीय नरबहादुर बुढा पिता हत्याको अभियोगमा समातिएका हुन् ।

घरायसी विवादका क्रममा नरबहादुरले ६९ वर्षीय बाबु प्रथमन बुढामाथि कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । छोराले कुटेर बाबु मारेको खबर प्राप्त हुनासाथ चौङभावाङ र इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको टोलीले नरबहादुरलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू