बूढानीलकण्ठ प्रहरी प्रभागमा ढुंगामुढा, आधा दर्जन राउण्ड अश्रु ग्याँस प्रहार

हिजो साँझ बालाजु क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच भएको भिडन्तझैं अहिले बूढानीलकण्ठमा दोहोरो भिडन्त भएको छ ।

आफ्ना माग पूरा हुनुपर्ने माग राख्दै आन्दोलनरत यातायात व्यवसायी र मजदुरहरुले बूढानीलकण्ठको प्रहरी प्रभागमा ढुंगा प्रहार गरेको बताइएको छ । उनीहरुले ढुंगामुढा गरेपछि प्रहरीले आधा दर्जन अश्रु ग्याँस प्रहार गरेको छ ।

यता उनीहरुको माग सम्बोधन गर्ने भन्दै झण्डै दुई दर्जन सरकारी अधिकारी, व्यवसायी र मजदुरहरुबीच सिंहदरबारस्थित निर्माण तथा यातायात मन्त्रालयमा वार्ता जारी छ ।

टिप्पणीहरू