नेपालबाट हिजो फर्केका भारतीय विदेश सचिव आज ढाका जाँदै
नेपालको तीन दिने भ्रमण छोट्याएर हिजो साँझ नयाँ दिल्ली फर्केका भारतीय विदेश सचिव आज अर्को छिमेकी मुलुक बंगलादेश जान लागेको छन् । सचिव विनयमोहन क्वात्रा बंगलादेशको दुई दिने भ्रमण गर्न लागेका हुन् ।
भ्रमणको क्रममा उनले बंगलादेशका समकक्षी मसुद बिन मोमेनसँग हुने भेटवार्तामा द्विपक्षीय सम्बन्ध, राजनीति र सुरक्षा, जलस्रोत, व्यापार र लगानी एवम् ऊर्जा र रक्षासम्बन्धी विषय उठाउने भारतीय पक्षले बताएको छ ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘बंगलादेश भारतको निम्ति विकास साझेदार छिमेकीको दृष्टिकोणले सबैभन्दा माथि छ ।’
टिप्पणीहरू