प्रहरीसँग झगडा गर्ने तीनजना बिचौलिया वाणिज्य विभागबाट पक्राउ

प्रहरीसँग झगडा गर्ने तीनजना बिचौलिया वाणिज्य विभागबाट पक्राउ

प्रहरीले वाणिज्य विभागमा बिचौलियाको कामगरी सर्वसाधारणलाई हैरानी दिने तीन जनालाई समातेको छ । 

पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ का ५१ वर्षीय क्षेत्रबहादुर खड्का, भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का ३४ वर्षीय राज लामा र मध्यपुर थिमी नगरपालिका–१ का २९ वर्षीय निरज बुढाथोकी रहेका छन् । बबरमहलस्थित वाणिज्य विभागमा आउने सेवाग्राहीलाई काम 'छिटो छरितो गरिदिन्छु' भनी रकम मागेर हैरानी दिएको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरुसँग सोधपुछ गर्ने क्रममा उल्टै प्रहरीसँग विवाद तथा होहल्ला गरी अशान्ति सिर्जना गरेपछि पक्राउ गरेको बताइन्छ । 

पक्राउ परेकामाथि अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिन म्याद थप गराई प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको जानकारी गराइएको छ ।
 

टिप्पणीहरू