चन्द्र भण्डारीलाई श्री एअरलाइन्सको विमानमा मुम्बई लैजाँदै
ग्यास सिलिण्डर बिस्फोटपछि घाइते भएका नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारको निम्ति भारतको मुम्बई लैजान लागिएको छ । उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालबाट अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको छ ।
अस्पतालबाट एम्बुलेन्समा राखेर लगिएका उनलाई विमानस्थलबाट श्री एयरलाइन्सको विमानमा मुम्बई लैजान लागिएको हो । उनको उपचार मुम्बईको नेसनल बन्र्स सेन्टरमा गरिने बताइएको छ ।
उडानभर नर्भिक अस्पतालबाट खटिएका छ जना चिकित्सकको टोली रहने छन् ।
गएराति घरमा ग्यास सिलिण्डर पड्केपछि सांसद भण्डारी र आमा हरिकला घाइते भएका थिए । उनीहरुलाई पहिले मीनभवनस्थित निजामती अस्पताल र त्यसपछि राति नै कीर्तिपुरस्थित अस्पताल पुर्याइएको थियो । आमा हरिकलाको उपचारको क्रममा आज बिहान निधन भएको छ ।
टिप्पणीहरू