राष्ट्रपतिबारे कुरा गर्न प्रधानमन्त्री प्रचण्ड केपी ओलीको घरमा

राष्ट्रपतिबारे कुरा गर्न प्रधानमन्त्री प्रचण्ड केपी ओलीको घरमा

भावी राष्ट्रपतिको विषयलाई लिएर बढेको अविश्वास मेट्न सक्रिय रहँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटघाट भएको छ । प्राय: प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने दुई नेताको भेट आज भने एमाले अध्यक्ष ओलीको नीजि निवास बालकोटमा भएको हो । 

राष्ट्रपतिको उम्मेदवारका सम्बन्धमा एमाले र माओवादीबीच एकमत हुन् नसकिरहेका बेला त्यसैबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुग्नुभएको बताइएको छ । सरकार गठनताका भएको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने एमालेको अडान छ भने माओवादीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने अडान राख्दै आएको छ । साथै प्रधानमन्त्री प्रचण्डकै सहमतिमा कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चाले सत्तारुढ घटक माओवादी र एमालेबीच अविश्वासको खाडल गहिरिएको छ । 

त्यहि अविश्वास हटाउन पुस २६ यता दैनिकजसो भेटघाट गरिरहेका प्रचण्ड र ओली आज पनि संवादमा जुट्नुभएको हो ।

टिप्पणीहरू