कार्यसम्पादन मूल्याङ्कनमा मदाने गाउँपालिका गुल्मीमा पहिलो, मुलुकभर छैठौं
ऋषि भट्टराई
कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्लामा मदाने गाउँपालिका उत्कृष्ट ठहरिएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको पक्षलाई ध्यानमा राखेर गरिएको कार्यसम्पादन मूल्याङ्कनमा मदाने गाउँपालिका जिल्लामा पहिलो भएको बताइएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०÷८१ को निम्ति वित्तीय समानीकरण अनुदान सिफारिस प्रयोजनका लागि कार्यसम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने गरेको छ । आयोगद्वारा हिजो सार्वजनिक प्रदेश तथा स्थानीय सरकारहरुको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनमा गुल्मी जिल्लामा मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै प्रथम भएको उल्लेख छ ।
उक्त गाउँपालिका देशभरक गाउँपालिकामध्ये छैठौं स्थानमा रहेको छ । त्यस्तै रेसुङ्गा नगरपालिकाले ७३.६८, गुल्मीदरबार गाउँपालिकाले ७१.४८ र छत्रकोट गाउँपालिकाले ७१.८१ अंक प्राप्त गरेका छन् । सबैभन्दा कम कालीगण्डकीले ५७.१७ अंक ल्याएको छ भने अन्य पालिकाको अंक ६०.०१ देखि ६९.९९ को बीचमा रहेको छ ।
टिप्पणीहरू