मनोनयन दर्ताअघि राष्ट्रपतिको उम्मेदवारबारे एमाले नबोल्ने

मनोनयन दर्ताअघि राष्ट्रपतिको उम्मेदवारबारे एमाले नबोल्ने

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने अडान अघि सारेपछि अप्ठेरोमा परेको सत्ता साझेदार दल नेकपा एमालेले उम्मेद्वारी मनोनयनअघि उम्मेदवारको नाम बाहिर नल्याउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज यस्तो बताउँनुभएको हो । 

ओलीले प्रस्ताव गरेका केही नाममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असहमत हुँदा सत्ता गठबन्धनमा किचलो बढेको चर्चा चलिरहेका बेला फागुन १३ सम्म उम्मेदवारबारे नबोल्ने रणनीति एमालेले बनाएको हो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुनमा सार्वजनिक गर्ने बताउनुभयो । 

एमालेले उठाएको उम्मेदवारलाई माओवादी केन्द्रले मत दिने बताउँदै उहाँले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दाबी पनि गर्नुभएको छ । 

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू