नागरिकताविहीनहरु बिराटनगर छिरे

नागरिकताविहीनहरु बिराटनगर छिरे

नागरिकताविहीन संघर्ष समिति, नेपालले नागरिकताको समस्या समाधान गरिदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ज्ञापनपत्र बुझाएको छ ।

नागरिकता विधेयक संशोधन नभएसम्म सोही प्रकृतिको कार्ड उपलब्ध गराउन माग गर्दै समितिले नागरिकताको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । नागरिकता अभावमा राज्यबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित भएको उनीहरुको गुनासो छ । 

‘जबसम्म नागरिकतासम्बन्धी कानुन संशोधन हुँदैन तबसम्म एउटा नागरिकताजस्तै कार्ड उपलब्ध जसबाट पढ्न पाउने, रोजगार गर्न पाउने, लोकसेवाको फर्म भर्न पाउनेलगायत राज्यको आवश्यक सेवासुविधा पाउने किसिमको व्यवस्थाका साथै संसद्को पहिलो अधिवेशनमा नागरिकता विधेयक पेश गरी नागरिकता समस्या समाधान गरिदिनका लागि अनुरोध गर्दछौं’, ज्ञापन पत्रमा भनिएको छ । 

नेपालको संविधान २०६३ को धारा ४ उपधारा १ अनुसार वि.सं. २०४६ चैत मसान्तसम्म नेपालमा जन्मेर यहिँ बसोबास गर्दै आएको व्यक्ति नेपालको नागरिक हुने व्यवस्था रहेको समितिले स्मरण गराएको छ । 

प्रतिनिधि सभा र राष्ट्र सभाबाट पारित नागरिकता विधेयक २०७९, राष्ट्रपति विद्यादेवी भण्डारीले पारित नगरिदिँदा आफ्नै मुलुकमा शरणार्थीको जीवन बिताइरहनुपरेको ज्ञापन पत्रमा उल्लेख छ ।

टिप्पणीहरू