राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनका सम्बन्धमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अन्तिम निर्णय लिने अधिकार दिएको छ । 

आज साँझ बसेको पदाधिकारी बैठकले समग्र परिस्थितिको मूल्याङ्कन गर्दै उपयुक्त निर्णय लिन अध्यक्षलाई अधिकार दिएको उपाध्यक्ष पम्फा भुसालले जानकारी दिनुभयो । ‘समग्र परिस्थितिलाई ध्यानमा राखेर राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन प्रयास गर्ने र त्यसका लागि अध्यक्षलाई निर्णयको अधिकार दिइएको छ’, उहाँले भन्नुभयो । 

बैठकमा अध्यक्ष प्रचण्डले विकसित पछिल्लो घटनाक्रम र भेटवार्ताको जानकारी गराएपछि पदाधिकारीहरुले आ–आफ्ना धारणा राखेका थिए । राष्ट्रिय सहमतिकै उम्मेदवार बनाउन पार्टीका तर्फबाट जोड दिनुपर्नेमा नेताहरुले अध्यक्षलाई सुझाव दिएको बताइएको छ ।

टिप्पणीहरू