भारतबाट ब्राउनसुगर ओसार्नेहरु झापामा समातिए
झापामा लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-५ का २९ वर्षीय सुरज कुँवर र ३४ वर्षीय सुरेश श्रेष्ठ ४ ग्राम २२ मिलिग्राम ब्राउनसुगरसहित समातिएका हुन् ।
अस्थाई प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प.६२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको इन्डिकेटरभित्र लुकाएर राखेको अवस्थामा उक्त लागूऔषध फेला पारेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
टिप्पणीहरू