काठ तस्करीमा संलग्न वकिल र जालीम रंगेहात पक्राउ
सामुदायिक वनमा काठ काट्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बाँकेको डुडुवा गाउँपालिका-२ स्थित सामुदायिक वनमा काठ काटिरहेका दुई जनालाई सशस्त्र प्रहरीले अस्ति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही गाउँपालिका वडा नम्बर ३ हलबलडोली बस्ने ४५ वर्षीय वकिल खाँ र ४० वर्षीय जालीम खाँ रहेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल बिओपी कालाबञ्जरले उनीहरुको साथबाट झण्डै चार लाख पाँच हजार रुपैयाँ बराबरको १० वटा सालको गोलिया बरामद गरेको छ ।
उनीलाई बरामद काठसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय, बाँके बुझाएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू