लाल आयोगको प्रतिवेदनमा प्रधानमन्त्री नबोले उन्मुक्तिले सदन घेर्ने

लाल आयोगको प्रतिवेदनमा प्रधानमन्त्री नबोले उन्मुक्तिले सदन घेर्ने

मधेशसहित देशका विभिन्न स्थानमा भएका आन्दोलनबारे छानबिन गर्न गठित तत्कालीन लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागिएको छ । 

आज बसेको प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम थारूले आयोगको प्रतिवेदनबारे प्रधानमन्त्रीको धारणा मागेका हुन् । प्रतिवेदन सार्वजनिक गर्न पटक पटक आग्रह गरिएको तर, प्रधानमन्त्रीबाट धारणा नआएकामा उनले असन्तुष्टी व्यक्त गरे ।

प्रधानमन्त्रीको धारणा नआए सदनमा अवरोध गर्ने उनको चेतावनी छ ।

टिप्पणीहरू